धनगढीको हसनपुरमा फिजियोथेरापी अस्पताल सञ्चालन गरिएको छ ।
फिजियोथेरापिष्ट, न्यूरोसर्जन, अर्थोपेडिक्स सर्जन र स्पिच थेरापिष्टहरूको संलग्नतामा धनगढीमा पहिलो फिजियोथेरापी पुनर्स्थापना केन्द्र संचालन गरिएको हो ।
फिजियोथेरापी पुनर्स्थापना केन्द्रका अध्यक्ष तथा न्यूरो सर्जन डाक्टर सुरेश सापकोटाले काठमाडौंमा रहेको अर्थोप्लास्ट रिह्याब सेन्टरको मापदण्ड अनुरुप निर्माण गरिएको र हालका लागि १५ जनासम्म बिरामी भर्ना गर्न मिल्ने र ५० जनासम्म ओपिडीका बिरामी हेर्नसक्ने क्षमता भएको बताए ।
पूर्वजनसंख्या तथा वातावरण सहायक मन्त्री लालबहादुर विश्वकर्माले अब सुदूरपश्चिममा फिजियोथेरापी कलेज खोल्नु पर्ने कुरामा जोड दिए ।
सो अस्पतालमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको उपचार हुने, यही संस्थामा काम गर्ने क्रममा प्यारालाइसिस, दुर्घटना भई चोटपटक लागेमा, अङ्गभङ्ग भएमा, हाडजोर्नी, नसा सम्बन्धी समस्या भएकामा उनीहरुलाई पनि उपचार साथै अन्य सेवाहरू पनि उपलब्ध हुने पुनर्स्थापना केन्द्रले जनाएको छ ।