logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशनमा ६ बजेसम्म २८ सय ९ मत खस्यो


अंकुरण खबर
1.183K
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् ।

साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् ।

कांग्रेको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कागजी मतदानमा एक जनालाई मत हाल्का लागि एक जनालाई आधा घण्टा भन्दा धेरै समय लागिरहेको जनाइएको छ ।

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ ।