सर्केगाड गाउँपालीकाले वडा नम्बर १ को तुम्चामा रहेका देवल आधारभूत विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ ।
महिनावारी भएको समयमा सेनेटरी प्याड अभावमा विद्यालय जान लजाउने बालबालिकाहरूलाई प्याड वितरणले सहज हुने बताइएको छ ।
जिल्लाको मध्य भेग रहेको सर्केगाड गाउँपालीकाको वडा नम्बर १ को तुम्चास्थित उक्त विद्यालयमा अध्यानरत ६ कक्षादेखि ८ कक्षासम्मका छात्रा लाई चार वटाका दरले प्याड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए ।
सर्केगाड गाउँपालीका भरिका निम्न माध्यामिक विद्यालय स्तरका विद्यालयमा वितरणका लागि ११ बोरा प्याड वितरण गरिएको छ । अन्य विद्यालयमा पनि वितरण गर्न सुरु गरेको बताउँदै देवल आधारभूत विद्यालयमा वितरण गरेको बताइएको छ ।