logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर दुई पटक रोकियो भोटिङ !


अंकुरण खबर
1.092K
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ ।

देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ ।

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो ।

मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ ।

मतदान गर्न एक जना प्रतिनिधिलाई आधा घण्टादेखि १ घण्टासम्मको समय लागेको छ ।

तर, लगातार मतदान हुन सकिरहेको छैन । मतदान जारी रहँदा मतपत्र सकिएको भन्दै दुई पटक मतदान केही समयका लागि रोकिएर पुनस् सुचारु भएको छ ।

राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मतदान बेलुका ९ बजेसम्म हुने भनिएको छ । ४ हजार ७४३ प्रतिनिधिले मतदान गर्ने छन् । सात बजेसम्म ३ हजार करिबले मतदान गरेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।