logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : १० बजेसम्मलाई बढाइयो मतदानको समय


अंकुरण खबर
1.092K
Shares

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ ।

सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको छ ।

कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ ।