logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : ४६७९ मत खस्यो, पहिलो राउण्डमा सभापति जित्न २३४० मत आवश्यक


अंकुरण खबर
741
Shares

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको मतदानमा चार हजार ६७९ मत खसेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ ले मतदान गरेका हुन् ।

मतदानमा ६४ जना अनुपस्थित भएका छन् ।

नेपाली कांग्रेसको विधानअनुसार सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कुल खसेको मत चार हजार ६७९ मा सभापति बन्न २ हजार ३४० मत आवश्यक छ ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

सभापतिको मतगणना अहिले केही बेरमा सुरु हुनेछ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको छ । सभापतिको मत खसेको ट्याकी राष्ट्रिय सभागृहमा ल्याइसकेको छ ।

महाधिवेशनअन्तर्गत भृकुटीमण्डपका दुई स्थान र सभागृहमा गरी तीन ठाउँबाट मतदान भएको थियो ।