logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइराबीच चुनाव हुने


अंकुरण खबर
767
Shares

नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ ।

भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे ।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए ।

काेइरालाले १७२९ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।