logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई प्रकाशमानको समर्थन


अंकुरण खबर
637
Shares

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

मंगलबार बिहान चाक्सीबारीमा भएको देउवा सिंह भेटवार्तामा यस्तो सहमति भएको हो । दुवै नेताबीच लिखित सहमति भएको छ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन् ।

भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् ।