logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

डेढ करोडको सुबिधा सम्पन्न भवन गुरुकुलम स्कुललाई प्रदान गरियो


अंकुरण खबर
1.131K
Shares

उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका दाहाल र पोखरेल परिवारले आफ्ना पुर्खाको नाममा भवन निर्माण गरी त्रियुगा नगरपालिका १२ बसपार्क पूर्वमा अवस्थित बहुधार्मिक शान्तिधामु क्षेत्रमा रहेको
त्रियुगा बैद्धिक गुरुकुलम स्कुललाई हस्तान्तरण गरेका छन् ।

त्रियुगा नगरपालिका ११ निवासी दाहाल परिवारले स्वर्गीय हजुरबुवा हंसबहादुर र बुवा अम्वरबहादुरको नाममा १६ कोठाको दुई तले विद्यालय भवन १ करोड २० लाखको लागतमा निर्माण गरी हस्तान्तरण गरे भने पोखरेल परिवारले बुवा मायानाथ र आमा यशोदादेवीको स्मृतिमा ‘मायानाथ–यशोदादेवी सत्सङ भवन’ निर्माण गरिदिएका छन्। शान्तिधाम परिसरको पूर्वतर्फको खाली जमिनमा ६ कोठे दुई तले भवन ३० लाखको लागतमा निर्माण गरिदिएको नाती राजन पोखरेलले बताए।

राकेश खत्रीले बुवा आमाको आत्मशान्तिका लागि पितृ तर्पणस्वरुप भवन बनाइदिएको र गरिबपरिवारका बाल बच्चा पढ्ने स्कुललाई कुनै पनि निकायबाट सहयोग नभएको हुनाले यसलाई धार्मिक गतिविधि र गुरुकुलम सञ्चालन गर्न सहयोग पुग्ने बताए।

स्वर्गीय हंशबहादुरको २०७२ साल बैशाख १७ गते मृत्यु भएको थियो भने बुबा अम्बरबहादुरको २०७७ साल कार्तिक १४ गते मृत्यु भएको थियो। सोही स्मृतिको अवसरमा छोरा तथा नातिहरुले भवन निर्माण गरी हस्तान्तरण गरेका थिए।

गुरुकुलमलाई भवन हस्तान्तरणसँगै वटुकहरुलाई अध्ययन र आवासका लागि भवनको अभाव टरेको विद्यालयका अध्यक्ष बिदुर खड्काले बताए। ६ महिनाअघि हजुरबुबा र हजुरआमाको सम्झनामा निर्माण गरिएको भवन बुवा दिब्यराज पोखरेलले गुरुकुलमलाई हस्तान्तरण गरेका छोरा राजेश पोखरेलले बताए।

त्रियुगा गुरुकुलममा अहिले ३५ जना वटुक अध्ययनरत रहेको गुरुकुलम सञ्चालक संस्था शान्तिधामका अभियन्ता जागेश्वर साहले जानकारी दिए । त्रियुगा बैद्धिक गुरुकुलम कक्षा ४ देखि ८ सम्म सञ्चालन गर्न सक्षम रहको गुरुकुलमका संस्थापक तथा शान्तिधामका अध्यक्ष गिरीराज खतिवडाले बताए।

अहिले ८ कक्षासम्मको त्रियुगा नगरपालिकाबाट अनुमति प्राप्त छ तर यसलाई कक्षा १२ सम्म पुर्‍याउने गरी कक्षा विस्तार गरिने उनले बताए।