logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर लगानीकर्ता र अर्थमन्त्रीबीच छलफल, बोर्ड र नेप्सेमा छिटो नियुक्ति गर्न माग


अंकुरण खबर
416
Shares

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनादर्न शर्मासँग छलफल गरेका छन् ।

लगानीकर्ताहरूका संघसंस्था सहभागिता रहेको पुँजी बजार सुदृढीकरण वृहद कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् ।

भेटमा अर्थमन्त्रीले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

आइतबार नेता दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।

मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ । साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ ।  नेप्से ६ प्रतिशतले वृद्धि भए पनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो ।