logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा को पाँच जिल्लामा ७७ जना सक्रिय संक्रमित भेटिए


अंकुरण खबर
507
Shares

सुदूरपश्चिम अन्तरगत प्रदेशको पाँच जिल्लामा ७७ जना व्यक्तिहरु सक्रिय संक्रमित भएका छन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा सबैभन्दा बढी ३४, कैलालीमा २५, बझाङमा छ, बैतडीमा चार र दार्चुलामा एक जना सक्रिय संक्रमित रहेका छन्। सात जना सङ्क्रमित अन्य जिल्लाका रहेका जनाइएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले कोरोना संक्रमण संख्या धेरै नरहेको भन्दै दूरपश्चिम भरि आरटी पीसीआर र एन्टिजेन विधिबाट चार लाख १७ हजार ९६५ जनाको परीक्षण गरिएको बताए ।

जसमध्ये ४८ हजार १२२ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सङ्क्रमण भएकामध्ये ४७ हजार ६९८ जना निको भएको यो प्रदेशभरि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ६१२ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालय दीपायलले जानकारी दिएको छ।

पछिल्लो एक हप्तामा प्रदेशभरि १९ जना कोरोना सङ्क्रमित थपिएका छन्।