logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा ब्राउन सुगरसहित १० युवा पक्राउ


अंकुरण खबर
1.014K
Shares

दाङमा लागूऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् ।

तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका-२१ वर्षीय वीरबहादुर विक, ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, १ भम्केका ३३ वर्षीय वीरबल विरकट्टा, सल्यानको कुमाख गाउँपालिका-२ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ वर्षीय वीरबहादुर चलाउने,  बेलझुण्डीका २३ वर्षीय कैलाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको नियन्त्रणमा लिइएको छ ।

त्यसैगरि सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ का २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर विकलाई ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिइएको  हाे ।