logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास गर्दैछन् : पाैडेल


अंकुरण खबर
455
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आराेप लगाएका छन् ।

एमालेले संसद अवराेध गरिरहेकाे  सन्दर्भलाई उल्लेख गर्दै पाैडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास’काे रुपमा अर्थ्याएका छन्  ।

‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पाैडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनकाे भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु’ भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’