logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई नेपालको बधाई


अंकुरण खबर
390
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले  कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।

नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’