logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थिर


अंकुरण खबर
767
Shares

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ  । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ३७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।