logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई बधाई दिँदै पौडेलले भने- देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यक छ


अंकुरण खबर
728
Shares

नेपाल कांग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति निकालेर पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् ।

सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा नेता पौडेलको भनाइ छ ।

नेता पौडेलले जारी गरेको विज्ञप्ति : 

Avatar