logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ : प्रदेशसभाको आठाैँ अधिवेशनबाट आजबाट, दुई अध्यादेश पेस गरिँदै


अंकुरण खबर
325
Shares

प्रदेश २ को प्रदेश सभाको आठाैँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ ।

२२ असोजमा साताैँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठाैँ अधिवेशनको पहिलो बैठक बस्दै छ ।

तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडाैँमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ ।

प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ ।

आठाैँ अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए ।