logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छुरा प्रहार गरी भिनाजुकाे हत्या


अंकुरण खबर
507
Shares

इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे हत्या गरेका छन् ।

गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनकाे छातीमा छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।