logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा


अंकुरण खबर
663
Shares

माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ ।

आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो ।

सभाले कम्पनीको आईपीओ निष्काशन बारे विशेष निर्णाय गर्ने जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीको योजना छ ।