logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ६ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.248K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जना संक्रमितको मृत्यु भएको  छ भने थप २८० जनामा कोरोना संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१२ जनाको पीसीआर परीक्षणमा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण देखिएको हो ।

नेपालमा अहिले सम्म ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।