झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । बुधबार मध्याराति पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । तर, उपचारका लागि बिर्तामोड स्थित अस्पताल पुर्याइ एलगत्तै उनको मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।