logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महामन्त्रीमा गगन थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत ल्याए


अंकुरण खबर
1.053K
Shares

नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको छ ।

२७ मंसिरमा दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा थापा र शर्मा विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ ।