बुधबार बेलायतमा एकै दिनमा ७८ हजार ६१० मा नयाँ कोरोना संक्रमित भएका छन् ।
गत वर्ष ८ जनवरीमा अधिकतम ६८ हजार ५३ मा कोरोना संक्रमण थियो । आज एकै दिनमा ७८ हजार ६१० मा नयाँ कोरोना संक्रमित अहिले सम्मकै बढी संख्या हो ।
पत्रकार सम्मेलन गर्लै मुख्य चिकित्सा अधिकारी प्राध्यापक क्रिस व्ह्टिने आगामी दिनहरु झनै खराब हुने चेतावनी दिएका छन् । उनले क्रिसमसको समयमा मानिसहरुलाई सामाजिक दुरी कायम गर्न र सतर्क रहन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले सबैलाई बुस्टर डोज लगाउन भन्दै केही क्षेत्रमा दुई दिनभन्दा पनि कम समयमा संक्रमणको मामिला दुईगुणा हुदै गएको चेतावनी दिएका छन् ।
आज देखा परेको कोराना संक्रमितहरुको संख्याले अस्पतालमा बेडको संख्या कम हुने चिन्ता व्यक्त गर्दै बेलायतमा दुई फरक महामारीको चिन्ता रहेको बताए ।
तीव्र रुपमा फैलिएको ओमिक्रोन र दोस्रो डेल्डा भेरियन्ट छन् । कोरोना संक्रमितको आज देखिएको संख्या अहिले सम्मकै सबै भन्दा बढी संख्या हो ।