logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विजय लघुवित्तले बोलायो साधारणसभा


अंकुरण खबर
1.482K
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ पुसमा नवौँ वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न नवलपरासीमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लघुवित्तको हाल कायम चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

त्यसैगरी, अन्य उपयुक्त वित्तीय संस्थालाई प्राप्ति वा मर्ज गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने  लगायतका प्रस्तावमाथि छलफल हुनेछ ।

संस्थाले साधारणसभा प्रयोजनका लागि १२ पुसदेखि २४ पुससम्म बुकक्लोज गर्नेछ । यसर्थ, ११  पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।