logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य निरन्तर उकालो, तोलामा एक हजारले बढ्यो


अंकुरण खबर
1.248K
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।