logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटकीय गन्तव्य बन्दै दलचोकी (फोटो फिचर )


अंकुरण खबर
2.353K
Shares

डिल्ली आचार्य/ ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेको दलचोकी पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

Avatar

पछिल्लो समय काठमाडौं उपत्यकावासीसहितका पर्यटकहरू दलचोकी पुग्ने गरेका छन् ।

सातदोबाटोबाट २३ किलोमिटर दूरीमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासहित उत्तरी क्षेत्रमा रहेका हिम श्रृंखलाहरू देखिन्छ । हेटौँटासहित तराई क्षेत्रसमेत देख्न सकिने गरी भ्युटार बन्दै गरेको दलचोकीमा होमस्टेको समेत सुविधा भएपछि आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यस्थल बनेको हो ।

Avatar

हाइकिङका लागि निकै उपर्युक्त मानिएको दलचोकीमा विभिन्न रोगको प्राकृतिक विधिबाट उपचार गर्ने निरोधाम केन्द्रसमेत रहेको छ ।

Avatar

सागसब्जी र दूधका लागि निकै चर्चित रहेका दलचोकीलाई काठमाडौं उपत्यकाको भेडेटार नामले चिनिने गरेको छ ।

Avatar