नेपाल हाइड्रो डेभलपर्स कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सात प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र लगानीकर्ताले पाउनेछन् ।
यस अनुसार कम्पनीले दुई करोड नौ लाख ३० हजार रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ । यस्तै, ११ लाख एक हजार ५७८ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।