logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु, २७४ संक्रमित थपिए


अंकुरण खबर
546
Shares

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोभिड -१९ संक्रमित भएका छन् । नौ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २७४ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोभिड – १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

पछिल्लो चरणमा २७० जना संक्रमणमुक्त भएका छन् भनेअहिले नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५ सय २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।