logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरको ठक्करले एकै परिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा डुब्यो


अंकुरण खबर
390
Shares

सिरहाको लहानमा टिपरले ठक्कर दिँदा बिहीबार सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघियाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् ।

प्रदेश २ -०१-००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा.तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ बालक घाइते भएका छन् ।

एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबको स्थानीय कविता यादवले बताइन् । उनले भनिन, झमृतक परिवारमा रूवावासी चलेपछि गाउँमा कसैको चुलो बलेको छैन ।एकै परिवारमा तीन जनाको ज्यान गए पछि अहिले सम्म छरछिमेकमा चुल्हो नबलेको स्थानीयले बताए ।

मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको छ । तीन जनाको संगै दाहासंस्कार गरिने स्थानीयले बताएका छन् ।