वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ ।
केही समय देखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भए पछि उनी सिभिल अस्पतालमा उपचार गराइरहेका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।