logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्ज हुँदै दाङमा सहकारी संस्था


अंकुरण खबर
1.04K
Shares

दाङमा सहकारी मर्जर अभियान थालिएको छ ।

पहिलो चरणमा दाङको तुलसीपुरमा रहेका दुई सहकारीबीच  एकीकरण (मर्ज) भएको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको हो ।

तुलसीपुर – ७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर(१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार औपचारिक रूपमा एकीकरण भएका छन ।

तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारी बीच एकीकरण भएको प्रमाणपत्र नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकीकरण भएको बताए ।

एकीकरण पछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।

दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै सुरु भए पनि तुलसीपुर उपमहानगरपालिकामा एकीकरण सम्बन्धि कानुन निर्माणमा ढिलाई भएका कारण केहि ढिला गरी एकिकरण भएको उनले बताए ।

छरिएर रहेका सहकारीलाई मर्ज गर्ने सरकारको नीति अनुरुप तुलसीपुरमा पहिलो पटक दुई सहकारी एकिकरण भएको बताए । एउटै उद्देश्य भएका सहकारी संस्थासंग एकीकरणको अभियानलाई निरन्तर अगाडि लैजाने नीति नगरको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष विजय सुवेदीले दुवै सहकारीको एकिकरण पछि वासलात १५ करोड पुगेको बताए । दुई सहकारीको एकीकरण पछि करिब दुई हजार ५०० सेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।

तुलसीपुर–१८ दुधरासमा एकीकरणपछिको पहिलो सेवा केन्द्र छिट्टै संचालन गर्ने तयारी गरिएको छ ।