पोखरामा एक घर जलेर नष्ट भएको छ ।
पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।
अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घर बस्न नमिल्ने गरी जलेको छ ।
आगलागी पछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ ।