logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्ता दिन क्वारेन्टिनमा बस्नु नपर्ने


अंकुरण खबर
1.235K
Shares

अब विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्ता दिन क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ ।

अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्ता दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ।

विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरेको थियो।

शनिबार अध्यागमन विभागले सूचना निकालेर हप्ता दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएको जनाएको छ ।

शनिबार जारी गरिएको सूचनामा भनिएको छ, ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध ९७ दिन अनिवार्य होटल क्वारेन्टिन० सम्बन्धी जानकारी अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन् ।’