logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट आउने सबै यात्रुलाई अनिवार्य होटल क्वारन्टीनको व्यवस्था गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस


अंकुरण खबर
1.755K
Shares

ओमिक्रोन भेरिअन्टको सङ्क्रमण रोकथामका लागि सबै देशबाट आउने यात्रुलाई होटलमा क्वारन्टीनको अनिवार्य व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ ।

शुक्रवार अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नु पर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थति गरेको सूचना जारी गरे लगत्तै स्वास्थ्य मन्त्रालयले मन्त्रीपषिदमालाई सिफारिस गरेको स्वास्थ्य मन्त्रालयकी  प्रवक्ताले बताएकी छन् ।

अध्यागमन विभागले शुक्रवार अमेरिका, क्यानडा, यूके, रुस, कोरियालगायतका देशहरूसमेत कुल ६७ देशबाट आउने यात्रुले सात दिन होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने भने शनिवार बिहानै विभागले  अर्को निर्णय नहुन्जेल उक्त व्यवस्था लागु नहुनेू जानकारी दिँदै सूचना निकालेको

थियो। विभागका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयको सिफारिस र जोखिमयुक्त मुलुकको सूची अनुसार शुक्रवारको निर्णय गरिएको बताएका थिए।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले सूची नपठाउने (कुन कुन देश भनेर) सबै देशकै (यात्रुलाई) ( सात दिन क्वारन्टीन गर्ने ‘ भनेर मन्त्रिपरिषद्‌मा सिफारिस गरिसकिएको बताइन ।