पछिल्लो चरणमा अमेरिका, बेलायत, फ्रान्स जस्ता देशमा कोरोना संक्रमण अत्यधिक रुपमा बढेको छ ।
विभिन्न निकायहरुका तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा सात लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएका छन् ।
अमेरिकामा एकै दिन १ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने बेलायतमा ९३ हजार, फ्रान्समा ५८ हजार, जर्मनीमा ४८ हजार ३००, स्पेनमा ३३ हजार ३०० र इटलीमा २८ हजार ६०० भन्दा बढीमा कोरोना पुष्टि भएको छ।
जसको कारण यस अवधिमा विश्वभर झण्डै सात हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा १ हजार ४००, रसियामा १ हजार ८०, पोल्याण्डमा ५६६, जर्मनीमा ४५२, युक्रेनमा ३२८, भियतनाममा २४६ तथा टर्कीमा १९० जनाको मृत्यु भएको र विश्वभर कोरोनाबाट अहिले सम्म ५३ लाख ६० हजार मानिसको मृत्यु भएको छ भने अहिले पनि २ करोड २७ लाख व्यक्तिहरु सक्रिय संक्रमित छन्।