logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण


अंकुरण खबर
1.365K
Shares

अत्याधिक बढेको चिसो छल्न दलित सरोकार मञ्च नेपालले सप्तरीले कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबरको सिरक वितरण गरेको छ ।

व्योम कुसुमा बुद्ध धर्म संघको सहयोगमा मञ्चले शुक्रबार र शनिवार कञ्चनरुप नगरपालिका वडा नम्बर ३, ५ र ९ का आठ सय ५०  दलित तथा विपन्न जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिका करिब २१ सय दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण गर्ने बताए।