स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण देखिएको हो ।
आज थप २५० जना सङ्क्रमण मुक्त भएका छन् भने नेपाल अहिले सम्मको कूल सङ्क्रमित मध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमण मुक्त भइसकेका र निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
देशभर ५ हजार ४२८ जना व्यक्तिमा सक्रिय सङ्क्रमित देखिएको छ भने कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म देशभर ११ हजार ५७२ जनाले ज्यान गुमाइ सकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् र अहिले सम्म २ करोड १५ लाख ५७ हजार ८३ मात्रा कोरोना विरुद्धको खोप लगाइ सकिएको मन्त्रालयको भनाइ छ ।