नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फको ८०० मत गनि सकिएको छ ।
जारी मतगणनामा ८०० मत गन्दा शशांक कोइराला पहिलो नम्बरमा छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दोस्रो स्थानमा गृहमन्त्री समेत रहेका बालकृष्ण खाण , तेस्रो स्थानमा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, चौंथोमा रामहरि खतिवडा, पाँचौंमा अर्जुननरसिंह केसी, छैटौंमा रमेश लेखक, सातौंमा एनपी साउद, आठौंमा रामशरण महत र नवौंमा दिलेन्द्र प्रसाद बडु र १० औं स्थानमा बलबहादुर केसी रहेका छन् ।
शशांक कोइराला पछि खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता कायमै छ।