logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण


अंकुरण खबर
2.288K
Shares

लमजुङमा रेबिज रोग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.रुपेश श्रेष्ठका अनुसार बेँसीशहरमा भएको शिविरमा १४९ कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ ।

रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३४ वटा कुकुर र ७ वटा बिरालोको बन्ध्याकरण गरिएको हो ।

कुकुरको टोकाइबाट हुने रेविजरोग शून्यमा झार्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेंसीशहर नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौँको संयुक्त आयोजनामा बन्ध्याकरण तथा खोप शिविर सञ्चालन गरिएको हो ।