logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीकि विषयमा छलफल हुने


अंकुरण खबर
988
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको छ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ। संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आमन्त्रण गरिएको छ।

सर्वदलीय बैठकमा समसामयिक राजनीकि विषयमा छलफल हुने जनाइएको छ। विशेष गरेर संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ। जसले गर्दा संसद्को कामकारबाही अघि बढ्न सकेको छैन।

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने जनाइएको छ। दिउसो २ बजे गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्। पाँचै दलका शीर्ष नेता बैठकमा सहभागी हुनेछन्।

एमाले नेताहरुले भने सर्वदलीय बैठकमा सहभागी नहुने जनाएका छन्। एकीकृत समाजवादीका नेताहरुलाई बोलाएकाले बैठकमा सहभागी नहुने एमाले नेताहरुको भनाइ छ। एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको हो।