logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि ५७ जिल्लाका विद्यार्थीलाई मोडर्न खोप लगाइँदै


अंकुरण खबर
1.391K
Shares

आजदेखि ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाइँदै छ।

आजदेखि पुस १४ गतेसम्म खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विद्यार्थीलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्रले बताइन्।

प्रदेश १ का ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश २ का सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ।

यस्तै बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाइनेछ।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन्। ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ।

सबै विद्यार्थीलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।