logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा दुई समूहबीच ​छुरा हानाहान, एकजनाको ज्यान मृत्यु


अंकुरण खबर
312
Shares

सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​छुरा हानाहान हुँदा एक युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका– ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो ।

घाइते भएका सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ ।

घटनामा एक जना घाइते भएका छन् । घाइते १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।