logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा चार सयले घट्यो सुनको मूल्य


अंकुरण खबर
1.066K
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

आज छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो ।