logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाभांश प्रस्ताव पारित गर्ने एजेण्डासहित एनसीसी बैंकले बोलायो साधारणसभा


अंकुरण खबर
1.027K
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले होटल हार्दिक, बागबजारमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले १२ पुसमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसर्थ, ११ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।