logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चल्दै गरेको ट्रकमा आगलागी


अंकुरण खबर
910
Shares

दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागी भएको छ ।

कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागीका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षेति भएको छैन ।’

ट्रकको पछाडिको टायरमा आगलागी भएको उनले बताए ।