सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकको तयारी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ । त्यसअघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा संसदको गतिरोध अन्त्यका लागि गठबन्धनका तर्फबाट गर्न सकिने प्रयासबारे छलफल हुने जनाइएको छ ।
संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।
तर नेकपा एमालेले भने नजाने बताएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ ।