logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विद्युत खपत करिब ३ सय मेगावाटका दरले बढ्यो


अंकुरण खबर
1.092K
Shares

नेपाल विद्युत प्राधिकरणका अनुसार गत वर्षको तुलनामा यो वर्ष विद्युतको खपत औसत ३ सय मेगावाटको हाराहारीमा बढेको छ ।

प्राविधकरणले चिसो बढे सँगै आन्तरिक खपत बढेको र विद्युत् खपत बढाउन उद्योगहरुलाई प्रात्साहित गरेसँगै यस तर्फ पनि खपत उच्च दरले बढेको जनाएको छ ।

विद्युतीय चुल्हो, एयर कन्डिसनर लगायत विद्युतबाट चल्ने घरायसी विद्युतीय उपकरणको प्रयोगमा भएको वृद्धि र ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युतलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको प्र्राधिकरणको भनाई छ ।

अघिल्लो वर्ष काठमाडौं उपत्यकाको पिक डिमाण्ड २९३ मेगावाट रहेकोमा यस वर्ष ३८२ मेगावाट पुगेको प्राधिकरणको तथ्यांक छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई अनुसार पिक डिमाण्ड ३० प्रतिशतको हाराहारीमा बढेको र यो उपलब्धी मूलक भएको भएको छ ।