नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केन्द्रीय सदस्य (खुलातर्फ) को मत गणना भै रहेको छ ।
निर्वाचन समितिका अनुसार आइतबार दिउँसो ३ बजे सम्ममा २ हजार ९ सय ९३ मत गनि सकिएको छ भने अहिले सम्म डा.शशांक कोइराला २ हजार ४४२ मत सहित सबै भन्दा अगाडि छन् ।
त्यसै गरी एनपी साउदले १ हजार ८९६, गृहमन्त्री बालकृष्ण खाँण १ हजार ८५२ र उदय सम्शेर राणाले १ हजार ८०८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको१४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अहिले सम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए ।