स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
९८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा थप २८९ जना संक्रमित व्यक्तिहरु कोरोना मुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा अहिले सम्म ५ हजार २ सय ७१ जना व्यक्तिहरु सक्रिय स्क्रमित रहेको मन्त्रालयले जनाएको छ।