logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी सम्झौताबारे बसेको सर्वदलीय बैठक विना निष्कर्ष सकियो


अंकुरण खबर
572
Shares

संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।

आइतबार बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको हो । बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेका थिए ।

बैठकमा सहभागी भएका नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले र राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा। बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए ।